
काठमाडौं, मंसिर २८ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।
उहाँले नेकपा माओवादी केन्द्रबाट तीनजना मन्त्री, नेकपा एकीकृत समाजवादीबाट दुईजना मन्त्री र एकजना राज्यमन्त्री थप्नु भएको छ ।
माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
त्यसैगरी एकीकृत समाजवादी पार्टीबाट बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री, त्यस्तै इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बन्नुभएको छ ।
नवनियुक्त मन्त्रीहरुले आज (मंगलबार) ५ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्