२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान जारी


533
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणको मतदान जारी छ ।

मंगलबार दिउँसो साढे ३ बजेबाट सुरू भएको मतदान बेलुका साढे सात बजेसम्म चल्नेछ । काग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा सभापतिमा उम्मेदवार बनेका कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुइजना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको हो ।

सभापतिमा उम्मेदवारी दिएका शेरबहादुर देउवा,डा. शेखर कोइराला, विमलेन्द्र निधि,प्रकाशमान सिंह र कल्याण गुरुङ कसैले पनि पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन सकेनन् ।

पहिलो चरणमा देउवाले २२५८, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २० मत प्राप्त गर्नुभएको थियो । कांग्रेसमा पहिलो चरणमा सभापतिका उम्मेदवारले ५० प्रतिशत मत नकटाए दोस्रो चरणमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच प्रतिस्पर्धा हुने प्रावधान छ ।

मतदानका लागि काठमाडौंको भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृह बाहिर कांग्रेसका महाधिवेशन प्रतिनिधि लाइन बसेका छन् । प्रतिनिधिहरुसंग देउवा र कोइरालाले मत मागिरहनु भएको छ ।