२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


कांग्रेस सभापतिका लागि भएको दोस्रो चरणको मतदान (फोटो फिचर)


325
Shares

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदान जारी छ ।

काठमाडौंको प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृहमा मतदानका लागि ६ वटा बुथको व्यवस्था गरिएको छ । सोमबार पहिलो चरणमा भएको मतदानमा सभापतिका उम्मेदवार बनेका कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि फेरि दोस्रो चरणमा मतदान भएको हो ।
सोमबार पहिलो चरणमा भएको मतदानमा पहिलो र दोस्रो हुनुभएका शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको हो ।

पहिलो चरणमै सभापतिको चुनावी दौडबाट बाहिरिएका विमलेन्द्र निधि,प्रकाशमान सिंह र कल्याण गुरुङले देउवालाई समर्थन गर्नुभएको छ । देउवा र कोइराला महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहनु भएको छ ।अहिलेसम्म १५ सय बढी मत खसिसकेको छ । मंगलबार दिउँसो साढे ३ बजेबाट सुरू भएको मतदान बेलुका साढे सात बजेसम्म चल्नेछ ।सोमबार कांग्रेसका ४६७९ महाधिवेशन प्रतिनिधिले मतदान गरेका थिए । जसमा ७६ मत बदर भएको थियो ।