
इलाम, मंसिर २८ । इलामको हर्कटे बजार नजिकै माइक्रोबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
इलामको कुटीडाडास्थित पाथीभरा माताको दर्शन गरेर फर्कने क्रममा गाडी दुर्घटना हुँदा अन्य ८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा माई जोगमाई गाउँपालिका ४ निवासी ७६ वर्षीय रामप्रसाद तिम्सिना र सोही ठाउँ निवासी ४० वर्षीय भरत प्रसाद घिमिरे रहेका छन् ।
दुर्घटनामा परी २ वर्षीया नावालिका सहित ८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ ।
मे १ च ३३०७ नम्वरको सवारी हर्कटे बजार नजिकै तीव्र गतिका कारण अनियन्त्रित भई सडकबाट करिब एकसय मिटर तल झरेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्