
काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ ।
कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा अपराह्न ४ बजेदेखि मतगणना सुरु हुने निर्वाचन समिति सदस्य एक सदस्यले जानकारी दिनुभयो ।
उपसभापतिको २ पदका लागि ७ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । महेश आचार्य, सुजाता कोइराला, पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह उम्मेदवार रहेका छन् ।
मंगलबार राति सार्वजनिक मत परिणाम अनुसार सभापतिमा २७३३ मत ल्याएर शेरबहादुर देउवा निर्वाचित भएका छन् । सभापति पदका अर्का उम्मेदवार शेखर कोइरालाले १८५५ मत पाए ।
प्रतिक्रिया दिनुहोस्