
काठमाडौं, मंसिर २९ । ग्लोबल आइएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट ३ अर्ब रुपैयाँ ऋण लिने भएको छ ।
बैंकले सीडीसी ग्रुपसँग २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) ऋण लिने सहमतिपत्रमा आज हस्ताक्षर भएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सीडीसी ग्रुपका राष्ट्रिय प्रतिनिधि रवि रायमाझीले उक्त सम्झौतापत्र आदानप्रदान गर्नुभएको हो ।
सीडीसीबाट प्राप्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै जलविद्युत, नविकरणीय ऊर्जा, पूर्वाधार, निर्माण, उत्पादन, कृषि र पर्यटन क्षेत्र लगायतका सरकारको प्राथमिकताका क्षेत्रमा ऋण प्रदान गर्न सहयोग पुग्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्