
एजेन्सी । हङकङको वल्र्ड ट्रेड सेन्टरमा आगलागी भएको छ ।
बुधबार भएको आगलागीमा एक सय बढी फसिरहेको बताइएको छ ।
घटनामा ८ जना घाइते भएको र उनीहरुलाई अस्पताल पुर्याइएको हङकङ प्रहरीले जानकारी गराएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
घाइते हुनेहरु ३१ बर्ष देखि ७२ बर्ष उमेर समूहका रहेको बताइएको छ ।
आगलागी मेसिन कोठाबाट सुरु भएर फैलिरहेको बताइएको छ । उद्धार कार्य जारी रहेको र अहिलेसम्म हताहतिको कुनै सूचना प्राप्त नभएको जनाइएको छ ।
अहिलेसम्म भवनबाट करिब डेढ जस जनाको उद्धार गरिएको पनि अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्