७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


आर्सनल विजयी


104
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले वेष्ट ह्याम युनाइटेडलाई २–० ले हराएको छ । गएराती आर्सनलको मैदाननमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन एमिले स्मिथ रोवे र ग्याब्रिएल मार्टीनेलीले एक एक गोल गरे ।

जितसँगै आर्सनलले प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा वेष्ट ह्याम युनाइटेडलाई प्रतिस्थापन गरेको छ । आर्सनलले १७ खेलबाट २९ अंक जोडेको छ । २८ अंक जोडेको वेष्ट ह्याम पाँचौ स्थानमा झरेको छ । शिर्ष स्थानको म्यान्चेस्टर सिटीको ४१ अंक रहँदा ३७ अंकसहित लिभरपुल दोस्रो तथा ३६ अंकसहित चेल्सी तेस्रो स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा साउथह्याम्पटन र क्रिष्टल प्यालेसले २–२ गोलको बराबरी खेल्दा वुल्भरह्याम्पटन वान्डरर्सले ब्राइटनलाई १–० ले हराएको छ । बर्नले र वाट्फोर्डबिचको खेल भने कोरोना संक्रमणको कारण स्थगित गरिएको छ ।