९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


१० वर्षका लागि बन्द भयो जिल्ला जनगणना कार्यालय


624
Shares

चितवन । जिल्ला जनगणना कार्यालय चितवन १० वर्षका लागि बन्द भएको छ । जिल्लामा १२ औं राष्ट्रिय जनगणना २०७८ सम्पन्न भएसँगै कार्यालय बन्द गरिएको जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो ।

जनगणना सम्पन्न गर्न २०७७ चैत्र १ गते जिल्ला जनगणना कार्यालय चितवनको स्थापना भएको थियो । कोभिड–१९ का कारण बीचमा स्थगित भएको कार्यालय पुनः केन्द्रीय तथ्याङ्क विभागको स्वीकृत कार्यतालिका अनुसार २०७८ भाद्र २१ गतेदेखि संचालनमा आएको थियो । स्थानीय जनगणना कार्यालय भने मंसिर १५ मै बन्द भएका थिए ।

जनगणना कार्यका लागि चितवन जिल्लाभर २ सय १० सुपरीवेक्षक र ८ सय ६३ जना गणक खटिएका थिए ।

केन्द्रीय तथ्याङ्क विभागकले गणना सम्पन्न भएको ३ महिनाभित्र अर्थात फागुन महिनाभित्र प्रारम्भिक नतिजा प्रकाशन गर्ने र अन्तिम नतिजाका लागि भने करिव १ वर्ष लाग्ने छ । नयाँ गणना कार्यसँगै चितवनको जनसंख्या सात लाख पुग्ने अनुमान गरिएको छ । २०६८ अनुसार चितवनमा ५ लाख ७९ हजार ९ सय ८४ जनसंख्या रहेको थियो ।