७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


झापामा ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी महिलाको मृत्यु


260
Shares

झापा । कन्काई नगरपालिका–३ मा गएराती ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक महिलाको मृत्यु भएको छ । बाटो पार गर्दै गरेकी महिलालाई ना ६ ख ५७१३ नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो ।

उनको विर्तामोड स्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । ठक्कर दिने ट्रक सहित चालक इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको छ ।