१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महामन्त्रीको मतगणना (अपडेट) : गगन अग्रता बढाउँदै, पछ्याउँदै विश्वप्रकाश


195
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको अग्रता कायमै छ । सुरुदेखि नै थापाले अग्रता कायमै राख्नु भएको छ ।

यस्तै, गगनलाई विश्वप्रकाश शर्माले पछ्याइरहनु भएको छ । २ हजार ५२० मत गन्दा गगनले १ हजार ६४८ मत ल्याउनु भएको छ भने विश्वप्रकाशले १ हजार १९ मत प्राप्त गर्नु भएको छ ।

यस्तै, प्रकाशशरण महतले ८२७, प्रदीप पौडेलले ७४६, मीनेन्द्र रिजालले ४३६ र राजाराम कार्कीले ६४ मत प्राप्त गर्नु भएको छ ।

पहिलो र दोस्रो हुने दुई जना कांग्रेस महामन्त्रीका लागि निर्वाचित हुने छन् । कांग्रेस महाधिवेशनमा कुल ४ हजार ७४३ मतदाता रहेकोमा ४ हजार ६७९ मत खसेको थियो ।