
काठमाडौ । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राख्नु भएको छ । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा रहनु भएको छ ।
३ हजार १ सय २० मत गन्दा थापाले २ हजार ३७ मत पाउनु भएको छ । १ हजार ३ सय मतसहित विश्वप्रकाश शर्मा दोस्रो स्थानमा रहनु भएको छ ।
तेस्रो स्थानका लागि पार्टी सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवारद्वय प्रकाशशरण महत र प्रदीप पौडेलबीच तीव्र प्रतिस्पर्धा छ । महतले १०२४, प्रदीप पौडेलले ९३५ मत पाउनु भएको छ ।
यसैगरी, शेखर कोइराला प्यानलका मिनेन्द्र रिजालले ५४६ मत प्राप्त गरी पाँचौ र विमलेन्द्र निधि समूहका राजाराम कार्की ७५ मत प्राप्त गरी सबैभन्दा पुछारमा रहनु भएका छन् ।
प्रतिक्रिया दिनुहोस्