१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


उद्योगमा लगानी गर्न उर्जामन्त्री भुसालको आग्रह


585
Shares

काठमाडौं, पुष १ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले उद्योगी व्यवसायीहरुलाई उद्योग स्थापना गर्दा विद्युत नपाएर उद्योग बन्द हुने होकी भन्ने शंका रहित भएर उद्योगमा लगानी गर्न आग्रह गर्नु भएको छ ।

बिहिबार उर्जा मन्त्रालयमा उद्योगी व्यवसायीसँग विद्युत आपूर्ति सम्बन्धि छलफल कार्यक्रममा बोल्दै व्यवसायीले उद्योग स्थापना गर्दा विद्युत नपाएर उद्योग नै नचल्ने हो की भन्ने शंका रहित भएर उद्योगमा लगानी गर्न आग्रह गर्नु भएको हो । उहाँले विभिन्न उद्योगमा विद्युत आपूर्तिका समस्याहरु रहेको तर, प्राधिकरणले समस्या समाधानको लागि काम गरिरहेको बताउनुभयो ।

मन्त्री भुसालले सरकारले तत्काल विद्युत महशुल सस्तो दिन सक्ने अवस्था नभएको बताउनु भयो । उहाँले उद्योग सञ्चालनमा विद्युत गुणस्तर नपुग्ने समस्यालाई प्राधिरकण गुणस्तर क्षमता बढाएर विद्युत दिने वातावरण बनाउने बताउनुभयो ।

मन्त्री भुसालले उद्योगी व्यवसायीहरु अन्तर्राष्ट्रिय क्षेत्रसँग जोडिएकाले नेपालमा उर्जा खपत गर्ने उद्योग ल्याउनको लागि पहल गर्न समेत आग्रह गर्नुभयो । उहाँले उद्योगहरुको हकमा विद्युत महशुल महँगो भएको स्विकार गर्नुभयो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणको सर्भिस भेलिभरीको विषयमा निजि क्षेत्रले सहयोग गर्नु पर्ने बताउनुभयो । उहाँले धेरै उद्योगी व्यवसायीहरुको प्राधिरकणको विद्युत सर्भिस कमजोर भएको गुनासो आएको बताउनुभयो । निर्देशक घिसिङले सर्भिस डेलिभरीका विषयमा प्राधिरकणलाई सम्पर्क गर्न आग्रह गर्नुभयो ।