१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कांग्रेसको मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव विजयी


260
Shares

काठमाडौं । नेपाली कांग्रेसको मधेसी तर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलका महेन्द्र यादव विजयी हुनुभएको छ ।

उहाँले डा. शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिनुभएका रामकृष्ण यादवलाई पराजित गर्नुभएको हो । महेन्द्रले २०२६ मत ल्याएर विजयी यी हुनुभएको हो भने रामकृष्णले १८२० मत प्राप्त गर्नुभएको छ । रामकृष्ण २०६ मतको अन्तरले पराजित हुनुभएको हो ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत सोमबार नयाँ नेतृत्व चयनका लागि मतदान भएको थियो । यससंगै विभिन्न क्लस्टरमा ८ पदका लागि भएको सहमहामन्त्रीको मतगणना सकिएको छ । यसअघि सभापति,उपसभापति र महामन्त्रीको मतगणना भैसकेको छ ।

कांग्रेसको आदीबासी जनजाती,खसआर्य,महिला, मुस्लिम, पिछडिएको क्षेत्र, मधेसी, दलित र थारु गरेर ८ वटा क्लस्टरमा सहमहामन्त्रीको निर्वाचन भएको हो ।अब केन्द्रीय सदस्यको मात्रै मतगणना हुन बाँकी छ । मतगणना ललितपुरको सानेपास्थित कांग्रेस मुख्यालयमा भइरहेको हो ।