
चितवन । चितवनको भरतपुरमा विगत एक हप्तादेखि फोहोर नउठ्दा दुर्गन्धित भएको छ । महानगरले फोहोर व्यवस्थापन गर्ने भन्दै ५ सय रुपैयाँ लिने तर एक हप्तासम्म पनि फोहोर नउठाउने भन्दै सडक नजिकका व्यवसायीले विरोध गरेका छन् ।
भरतपुरको मुख्य बजार नारायणगढको दायाँ र बाँया फोहोर थुप्रिएको छ । पुल्चोक, शहिद चोक, लायन्स चोकमा फोहोरको थुप्रोले गर्दा बजार आवतजावतमा समेत समस्या भएको छ । डम्पिङसाइट बनाउन आश्वासन पटक पटक दिए पनि कार्यान्वयन हुन नसकेको भरतपुरमा फोहोरले समस्या बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्