
काठमाडौं, माघ १६ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले द्वन्दकालमा ज्यान गुमाएका शहिदहरुले न्याय पाउनुपर्ने बताएका छन् ।
शहिद दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित श्रद्धान्जली कार्यक्रममा उनले राष्ट्रियता र प्रजातन्त्रका लागि बलिदान दिएका शहिदका सपना अहिलसम्म पनि पुरा नभएको बताए ।
बेपत्ता पारिएका, ज्यान गुमाएकाहरुको न्यायका लागि राज्यले गठन गरेको दुई आयोगमा समेत पार्टीको भागभण्डा हुनुले पीडितले न्याय पाउनेमा आशंका उब्जिएको उनको भनाइ थियो ।
कार्यक्रममा सहभागि शहिद परिवारका केही सदस्यहरुले हत्या, बलात्कारमा आरोपितहरु नै राज्यको उच्च तहमा पुगेको भन्दै राजसंस्थाको आवश्यकता खड्किएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्