९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


विद्यालयको आर्थिक स्रोत बढाउन सामुहिक ब्रतबन्ध


0
Shares

नुवाकोट, माघ १६ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयले विद्यालयको आर्थिक स्रोत बढाउन सामुहिक ब्रतबन्ध कार्यक्रम आयोजना गरेको छ ।

विद्यालयले आयोजना गरेको सामूहिक ब्रतबन्धमा १ सय ८ जना बटुक सहभागी भएको प्रधानाध्यापक मञ्जु चित्रकारले जानकारी दिए ।

प्रत्येक बटुकबाट विद्यालयले ४ हजार रुपैयाँ लिएको छ । यो वर्ष बटुकहरुसँग लिएको शुल्कबाट ४ लाख ३२ हजार रुपैयाँ संकलन भएको बिद्यालयले जनाएको छ ।

विद्यालयले आयस्रोत बढाउन वि.स. २०५६ सालमा सुरु गरेको सामूहिक ब्रतबन्ध अभियानलाई विद्यालयले पर्बको रुपमा लिएको छ ।