६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


किरात समुदायले यसरी मनाउँदै छन् उधौली पर्व (तस्बिरहरु)


208
Shares

काठमाडौं, पुष ४ । आइतबार किरात समुदायको मुख्य पर्व उधौली पर्व काठमाडौं लगायत देशभर मनाइँदै छ ।

नेपाली किरात समुदायका विशेषगरी राई, लिम्बु, याक्खा, सुनुवार, थामी, सुरेल, जिरेल, हायु, छन्तयाल, धिमाललगायतका जातजातिको मुख्य पर्वको रुपमा रहेको उधौली पर्व देशभर पुजाआजा गरि मनाइँदै छ ।

मुलरुपमा यी जातजातिले आ-आफ्नो पुख्र्यौली थलोमा उधौली पर्व मनाउने गरेपनि पछिल्लो समय विभिन्न शहरमा पनि मनाउन थालिएको छ ।

आइतबार किराती समुदायले ललितपुरको सानो हात्तिवनस्थित किरात माङहिम (मन्दिर)मा सामूहिक रुपमा पूजाआजा गरी उधौली पर्व मनाएका छन् । यस दिनमा किराती समुदायले आफ्नो पुर्खा र प्रकृतिलाई सम्झने र सम्मानस्वरुप पुजाआजा गर्ने गरेका छन् ।

खेतमा लगाएको बाली भित्राइसकेको यो समयमा बाली लगाउनेदेखि भित्र्याउने बेलासम्म प्रकृतिले वातावरण अनुकुल पारिदिएको भन्दै प्रकृतिलाई धन्यवाद दिनु यस पर्वको विशेषता भएको किरात राई यायोक्खाका महासचिव जनक राई बताउनुहुन्छ ।

आइतबार हात्तिवनस्थित किरात माङहिममा सामूहिक रुपमा पूजा गर्न किराती समुदाय आ–आफ्नो मौलिक पहिरन र पहिचानमा भेला भएका थिए । किरात राई यायोक्खाका अध्यक्ष दिवस राई शहरकेन्द्रीत भएर पर्व मनाएपनि मौलिकतालाई मर्न नदिने बताउनुहुन्छ ।

नयाँ पुस्तालाई पनि यस पर्व मनाउनका लागि उत्प्रेरित गरिरहेको र मौलिक संस्कृतिलाई बचाउनका लागि नयाँ पुस्तालाई पनि सिकाएर अघि बढ्ने उहाँले बताउनुभयो ।