
काठमाडौं, पुष ४ । बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली पुरुष तथा महिला टोलीलाई नेपाल भलिबल संघले विदाई गरेको छ ।
संघले यही पुस ६ गतेबाट सुरु हुने प्रतियोगिताका लागि महिला तथा पुरुष टोलीलाई विदाई गरेको हो । टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, मन्त्रालयका सचिव, भलिबसंघका पदाधिकारीले बिदाई गरे । सो अवसरमा राष्ट्रिय खेलको मान्यता पाएको भलिबल संघलाई कभर्डहल निर्माणका लागि जग्गा उपलब्ध गराउने युवा तथा खेलकुद मन्त्री गहतराजले प्रतिबद्धता प्रतिवद्धता जनाउनुभयो ।
दुबै टोली टोली भोली ढाका प्रस्थान गर्नेछन् । विदाईपछि पुरुष टोलीका कप्तान इमराना मगरले उपाधिका लागि टोलीले प्रतिस्पर्धा गर्ने बताउनुभयो । पुरुष तर्फको टोलीमा मानबहादुर श्रेष्ठ र भैरव बमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।
यस्तै साविक विजेता महिला टोलीले पनि उपाधि रक्षा गर्ने लक्ष्य बनाएको छ । कप्तान अरुणा शाहीले विगतको सहभागितामा भन्दा राम्रो प्रदर्शन गरेर उपाधि रक्षा गर्ने बताउनुभयो । डिसेम्बर २१ देखी २९ तारिख सम्म आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ५ राष्ट्रको सहभागिता रहने छ । यस्तै महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्र को सहभागिता रहने छ ।
प्रतिक्रिया दिनुहोस्