१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वदलीय बैठक जारी,एमाले भने अनुपश्थित


182
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आव्हान गर्नुभएको सर्वदलीय बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपश्थित रहेको छ ।प्रधानमन्त्री देउवाले सरकारका क्रियाकलाप, संसद् सञ्चालन र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु भएको हो ।

एमाले भने आफूबाट फुटेर गएको माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि बैठकमा बोलाएको भन्दै सहभागी नबनेको एमालेका एक नेताले इमेजखबरलाई जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपालगायत दलका नेताहरू सहभागी छन् । सर्वदलीय बैठक बस्नु अघि प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा सामेल दलहरुबीच बैठकमा उठाउने विषयबस्तुबारे छलफल भएको थियो ।