
पोखरा, पुष ४ । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले सबै दलको सहमतिमा एमसीसी पास हुने दाबी गर्नुभएको छ ।
नेपाल प्रेस युनियन कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धन दलसँगमात्र नभइ एमालेकै सहमतिमा पास हुने बताउनुभयो ।
सहमहामन्त्री पदमा निर्वाचित भएपछि पहिलो पटक गृहजिल्ला कास्की पुग्नु भएका नेता परियारले अनुदानमा आएको सहयोगलाई सबै दलको सहमतिमा नेपालले स्वीकार्ने बताउनु भएको हो ।
देउवा सरकारले मात्र नभइ यसअघिका सरकारले पनि सहमति जनाएको र केही असहमतिका बुँदा भए त्यसमा सहमति खोजेर एमसिसी पास गरिने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्