७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मुख्यमन्त्री राईले डेढ महिनासम्म पनि केही काम गरेनन्


1.82k
Shares

काठमाडौं । मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको प्रदेश १ सरकार गठन भएको डेढ महिनामा पनि कुनै उल्लेख्य काम हुन सकेको छैन । बजेट पुनरावलोकन, न्यूनतम साझा कार्यक्रम, मन्त्रिपरिषद बिस्तार र अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने घोषणा गरेपनि कुनै पनि काम हुन नसकेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि राईले हालसम्म दुई पटक मात्रै मन्त्रिपरिषद्को बैठक राख्नुभएको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले तत्कालीन मुख्यमन्त्री भिम आचार्यको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र राजनीतिक नियुक्तिहरू खारेजीको प्रक्रिया सुरु गर्नेलगायतका निर्णयहरु गरेको थियो ।

त्यस्तै, दोस्रो बैठकले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णय गरेको थियो । तर ती निर्णय हालसम्म कार्यान्वयन हनु सकेका छैनन् ।

मुख्यमन्त्री राईले हालसम्म सरकारको प्रवक्तासमेत तोक्न सक्नुभएको छैन भने बजेट पुनरावलोकनको नाममा योजनाहरूको कामकाज सञ्चालनमा समेत रोक लगाउनुभएको छ । मुख्यमन्त्रीले शपथ ग्रहणपछि तत्काल प्रदेशको नामकरणको प्रक्रिया अघि बढाउने बताए पनि त्यो प्रक्रिया पनि अघि बढेको छैन ।