२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


नेपाल साफ अण्डर नाईन्टीन महिला फुटबलको समुह चरणबाटै बाहिर

बंगलादेश र भारतले फाइनल खेल्ने

338
Shares

काठमाडौं । साफ अन्डर नाइन्टिन महिला फुटबल च्याम्पियनसिपको समुह चरणबाटै नेपाल बाहिरिएको छ । ५ टोली सहभागि समुहमा तेस्रो भएपछि नेपालले फाइनल खेल्ने अवसर गुमाएको हो ।

समुहको अन्तिम खेलमा नेपालले हिजो भारतसँग १–० को हार बेहोर्‍यो । यो खेलमा विजयी वा कम्तिमा बराबरीसम्म खेलेको भए नेपाल फाइनलमा पुग्ने थियो । तर पराजित भएपछि नेपालको सम्भावना सकिएको हो ।

समुहको अन्तिम खेलमा श्रीलंकालाई १२–० ले हराउँदै बंगलादेश समुह विजेता बन्यो । बंगलादेशले समुहका ४ मध्ये ३ खेल जित्यो भने एक खेल बराबरी गर्‍यो । तीन जितसहित ९ अंक जोडेको भारत दोस्रो हुँदा ७ अंकसहित नेपाल तेस्रो स्थानमा समेटियो ।