
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ । आइतबार खुला केन्द्रीय सदस्यको मतगणना सकिएपछि खुला महिलातर्फको मतगणना सुरू गरिएको थियो ।
कांग्रेस निर्वाचन समितिकाअनुसार आइतबार बेलुकी चार सय मत गनिएको थियो । बाँकी मतगणना आज बिहान ९ बजेदेखि फेरि अघि बढाइने निर्वाचन समितिले जनाएको छ ।
९ सिटका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रतिक्रिया दिनुहोस्