
काठमाडौं । रौतहट, बाँके र संखुवासभामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक बालकसहित तीन जनाको मृत्यु भएको छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–११ हिमालीबासमा गएराती टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ना ८ ख ४२०२ नम्बरको टिपरले बा ३० प ८११५ नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ५० वर्षीय खेदु चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
टिपर सहित चालकलाई इलाका प्रहरी कार्यालय लक्ष्मिनियाले नियन्त्रणमा लिएको छ ।
बाँकेको कोहलपुर नगरपालिका–८ गोल्छामा हिजो बेलुकी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । कर्णाली प्रदेश ०२–००१ ख ००८८ नम्बरको ट्रकले पैदल हिंडिरहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ११ का ६० वर्षीय मन बहादुर केसीको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका केसीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।
संखुवासभाको सभापोखरी गाँउपालिका–१ तल्लो धुपुमा हिजो साँझ ट्याक्टरको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । प्रदेश १–०२–००३ त १२२९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सभापोखरी गाँउपालिका–२ घर भई हाल सभापोखरी गाँउपालिका–१ स्थित ठुली आमाको घरमा बस्दै आएका ११ वर्षीय निशान राईको मृत्यु भएको हो ।
ठक्कर दिने ट्याक्टर सहित चालकलाई प्रहरी चौकी धुपुले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्