
काठमाडौं, माघ १७ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा अझै पनि जातीय भेदभाव र छुवाछुतको समस्या रहेको बताएका छन् ।
ललितपुरस्थित आयोगको कार्यालयमा शुक्रबार जातिय भेदभाव सम्बन्धि एल्बम सार्वजनीक गर्दै शर्माले दलित समूदायमाथिको उत्पिडन अन्त्य गर्न राज्यबाटै सशक्त अभियान चलाउनुपर्ने बताए ।
कार्यक्रममा संगीतको माध्यमबाट जातिय भेदभाव उन्मुलनमा सक्रिय कलाकार एवं सगीतकर्मीहरुलााई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्