१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


स्कुल बसले अटोलाई ठक्कर दिँदा एकजनाको मृत्यु


0
Shares

हेटौँडा, माघ १७ । हेटौँडा–नारायगढ सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका–११ थानाभयाङमा शुक्रबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा–३ बस्ने ३५ वर्षीय सागर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा बजारबाट स्थानीय नवलपुरतर्क जाँदै गरेको ना १ क ७००६ नं को सनसाइन इङ्लिस बोर्डिङ स्कुलको बसले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ६२९१ नं को अटोलाई ठक्कर दिँदा गम्भीर घाइते भएका पाख्रिनको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टीकाबहाुदर कार्कीले जानकारी दिए ।

उनका अनुसार, सो दुर्घटनामा परी अटो चालक बैतडी घर भई हाल हेटौँडा– ११ मा डेरा गरी बस्ने ३७ वर्षीय जयबहादुर महरा र मृतक पाख्रिनका छोरा १४ वर्षीय मनोज पाख्रिन घाइते भएका छन् ।

उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको उपरीक्षक कार्कीले बताउनुभयो । शव परीक्षणका लागि हेटौंँडा अस्पतालमा पठाइएको छ । रासस