१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनबाट पहिलाे पटक कांग्रेस केन्द्रीय सदस्य निर्वाचित, विरासत फर्काउने कोइरालाको प्रतिवद्धता


2.158k
Shares

चितवन । नेपाली कांग्रेसको इतिहासमा जिल्लाबाट पहिलोपटक केन्द्रीय सदस्य निर्वाचित भएको छ । १४औं महाधिवेशनबाट चितवनका नेता दिनेश कोइराला केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

केन्द्रीय सदस्यमा निर्वाचित भएपछि भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले चितवनमा व्यक्ति विशेषलाई फाइदा हुनेगरी गठबन्धन हुन नदिने प्रष्ट पार्नुभएको छ ।

कोइरालाले आफूले प्राप्त गरेको भरतपुर महानगरको मेयर टिकट समेत खोसेर रेनु दाहाललाई भोट हाल्नुपरेको स्मरण गर्दै अबका दिनमा यस्ता कार्य हुन नदिनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बितेका घटनाहरुबाट पाठ सिकेर अपवित्र गठबन्धन हुन नदिइ चितवनमा कांग्रेसको विरासत फर्काउँने उहाँको योजना छ । उहाँले आगामी निर्वाचनमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने गरी आफूले काम गर्ने पनि बताउनुभयो ।

कोइरालाले १७ सय ८१ मत पाएर ३५ जना खुल्ला केन्द्रीय सदस्यमध्ये ३० औं स्थानमा आफ्नो पद सुरक्षित गर्नुभएको हो । ३५ जना खुला केन्द्रीय सदस्यमा ९९ जना प्रतिस्पर्धामा थिए ।