
काठमाडौं, पुष ७ । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सरकारले दण्डित गर्न मात्रै बाँकि रहेको टिप्पणी गर्नु भएको छ ।
बुधबार अध्यक्ष भट्टराईले संसद अवरुद्ध गरिरहेको एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकि रहेको बताउनु भएको हो ।
उहाँले एमालेले अब पनि संसद बैठक सूचारु नगरे जनता आफैले दण्डित गर्ने दाबी समेत गर्नुभयो । अध्यक्ष भट्टरार्ईले महिनौंसम्म संसद अवरुद्ध पारेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको तर्क समेत गर्नुभयो ।
गत वर्षको पुस ५ यता प्रतिगामी दिशामा रहेका ओली अहिले पनि त्यसैमा हुनुहुन्छ भन्ने प्रमाणनै संसद अवरुद्ध गरिरहनु रहेको उहाँको भनाई थियो । अध्यक्ष भट्टराईले संसदमा असहमती राख्ने भनेको बैठक अवरुद्ध पारेर नभई त्यही भित्र तर्क वितर्क गर्ने रहेको बताउनुभयो ।
अध्यक्ष भट्टराईले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएर एमालेले लोकतन्त्रलाई नै असफल बनाउने प्रयास गरिरहेको आरोप पनि लगाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्