१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाटनमा भेटियो १४ सय वर्ष पुरानो लिच्छवीकालिन शिलालेख


3.042k
Shares

काठमाडौं, पुष ७ । पाटन दरवार क्षेत्रमा करिब १४ सय वर्ष पुरानो लिच्छवीकालिन शिलालेख भेटिएको छ ।

ढल बनाउने क्रममा भीमसेन मन्दिर अगाडीे बौद्ध राज विहार उल्लेख भएको महासामन्त अंशुवर्माको पालाको शिलापत्र प्राप्त भएको हो ।

६ फिट लामो अभिलेखमा बौद्ध धम्मचक्र र श्रावक मृग कुंदिएको छ । लिच्छवी संवत ५३६ प्रष्ट उल्लेख भएको अभिलेखमा बृषदेव कारितक भनेर राजा बृषदेवले राजविहार बनाएको भनेर उल्लेख गरिएको छ ।

लिपिविज्ञ श्यामसुन्दर राजवंशीले विगतमा पाटन दरवार क्षेत्र बौद्ध विहार भएको यो अभिलेखले पुष्टि गरेको दावी गर्नुभयो । शिलालेखको गहन अध्ययन गर्नुपर्ने भन्दै उहाँले यसले नेपालको इतिहासलाई नयाँ मोड दिने बताउनुभयो । १५ पंक्ती पाठ रहेको अभिलेखमा लिच्छवी लिपि र प्रौढ संस्कृत भाषा रहेको छ ।

विज्ञको टोलीले बुधबार शिलालेखको प्रारम्भिक अध्ययन गरी उत्खनन् गरेर पाटन स्थित संग्रहालयमा लगेका छन् ।