१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कांग्रेस प्रदेश २ को अधिवेशनमा मतदान सुरु

देउवा र निधि पक्षबीच कडा टक्कर

52
Shares

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन अन्तर्गत हिजो रोकिएको मतदान अहिले बिहानदेखि सुरु गरिएको छ । संस्थापन र ईतर पक्षबीचको विवादले उग्र रुप लिएर कुटाकुट भएपछि हिजो स्थगित गरिएको मतदान विहान साढे ९ बजेदेखि सुरु गरिएको हो ।

दिउँसो १ बजेदेखि मतदान गराउने तय गरिएकोमा मतपत्र छाप्ने काम छिटो सकिएपछि साढे ९ बजेदेखि नै मतदान सुरु गराइएको हो ।

जनकपुरस्थित गोपाल धर्मशालामा कडा सुरक्षाबीच मतदान सुरु भएको छ । पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश समितिका लागि १ सय ७४ जनाले उम्मेदवारी दिनु भएको छ ।

प्रदेश २ कांग्रेस सभापतिमा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट कृष्ण यादव र नेता विमलेन्द्र निधि तथा शेखर कोइराला पक्षबाट रामसरोज यादव चुनावी मैदानमा छन् । दुई पक्षबीच कडा टक्कर हुने अनुमान गरिएको छ ।

हिजो मतदान गर्ने कार्यक्रम रहे पनि दुई पक्षबीच विवाद हुँदा आजका लागि मतदान गर्ने कार्यतालिका बनाइएको हो ।