
काठमाडौं । सर्वोच्च अदालतले बन्दी जीवन बिताइरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई थुनामुक्त गर्नु नपर्नाको कारण सरकारसँग माग गरेको छ ।
शोभराजको बन्दी प्रत्यक्षीकरण मुद्दामा बिहीबार सुनुवाई गर्दै न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले सरकारसँग जवाफ माग गरेको हो ।
थुनामुक्त गर्नु नपर्ने कुनै कारण भए महान्यायाधिवक्ताको कार्यालय मार्फत् तीन दिनभित्र जवाफ पेस गर्न पनि अदालतले सरकारलाई आदेश दिएको छ ।
अदालतले तोकेको सजाय आफूले भोगिसकेको भन्दै शोभराजले थुनामुक्त हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा पुस ७ गते बन्दी प्रत्यक्षीकरणको रिट दायर दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्