१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कांग्रेसको केन्द्रीय सदस्य खसआर्यतर्फ कस-कसले जिते ?


325
Shares

काठमाडौं, पुष ८ । कांग्रेसको केन्द्रीय सदस्य खसआर्य खुलातर्फ ७ जना विजयी भएको छन् ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य खसआर्य खुलातर्फ देउवा निकट ६ जना र कोइराला निकट १ जना विजयी भएका छन् ।

निर्वाचित हुनेमा केशवकुमार बुढाथोकी, गोविन्दकुमार शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी रहेका छन् ।

त्यसैगरी नेपाली कांग्रसको खसआर्य महिलातर्फको केन्द्रीय सदस्यमा ६ जनाका निर्वाचित भएका छन् ।

निर्वाचित हुनेमा मञ्जु खाण, प्रतिमा गौतम, चम्पादेवी खड्का, कान्तिका सेजुवाल र विद्यादेवी तिमिल्सिना, नानु बास्तोला, विजयी भएका छन् ।

विजयी मध्ये पाँच जना देउवा निकट हुन् ।