८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मैले राजनीतिक यात्राबाट विश्राम लिएको छैन : रामचन्द्र पौडेल


624
Shares

काठमाडौं, पुष ८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले राजनीतिक यात्राबाट विश्राम नलिएको बताउनुभएको छ ।

विज्ञप्ति जारी गर्दै पौडेलले पार्टीको केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई दिँदै आफ्नो राजनीतिक यात्रा जारी रहेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले पार्टीको निर्वाचनमा बधाइ दिँदै पराजित हुनेहरुलाई नआत्तिन आग्रह गर्नुभयो ।

व्यक्तित्वको पहिचान सुखमा हैन दुखमा र पराजयका बखत हुने गर्दछ ।

यसलाई पार्टीभित्रको आन्तरिक प्रक्रिया ठानेर जय पराजे जे भए पनि आफ्नो स्थान अविचल बनाइ राख्नुहोला, साथी साथीबीचको हार्दिकतामा कमी आउन नदिनुहोला उहाँले भन्नुभयो ।

महाधिवेशनले पार्टीभित्र आन्तरिक लोकतन्त्रको प्रयोग हुनुका साथै पार्टीर्ला नयाँ दिशा पनि दिन मद्दत गर्ने पौडेलको भनाई छ ।