१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


बखुण्डोलमा विद्युत् सटको कारण ठूलो आगलागी


0
Shares

ललितपुर, माघ १९ । बखुण्डोलस्थित प्रजग कोरियाली राजदूतावास नजीकै रहेको कवाडी पसलमा आज बिहान आगलागी भएको छ ।

कवाडी पसलमा चुरोटको ठुटा या विद्युत् सटको  कारणले आगलागी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले बताए ।

उनले भने, “ हामीलाई कार्यालयमा ११ बजेर १५ मिनेट जाँदा फोन आएको थियो ।

काठमाडौं उपत्यकाका तीनै जिल्लाका तथा नेपाली सेनाका गरी पाँच वटा दमकल र १५ पानी ट्याङ्कीबाट आगो नियन्त्रण गरियो ।” रासस