७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


आफ्नै क्वाटरमा झुण्डिएको अवस्थामा भेटिए एसएसपी यादव


2.145k
Shares

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव आफ्नै क्वाटरमा भुण्डिएको अवस्थामा भेटिएका छन् ।

संघीय प्रहरी इकाइ कार्यालय, भैरहवामा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक यादव आफ्नै क्वाटरमा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक जनकबहादुर शाहीले मृत भेटिएको सूचना आएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरीको टोली त्यसतर्फ गएको जानकारी दिनुभयो ।