१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फाइजरको ६ लाख ६४ हजार डोज खोप नेपाल आइपुग्यो


78
Shares

काठमाडौं, पुष ९ । कोभ्याक्स कार्यक्रमअन्तर्गत ६ लाख ६४ हजार ५ सय ६० डोज खोप कोरोना भाइरसविरुद्वको फाइजरको खोप शुक्रबार नेपाल आएको छ ।

प्राप्त खोप सरकारले पुष १३ गतेदेखि ८ जिल्लामा लगाउने जनाएको छ । जसका काठमाडौं उपत्यकाका तीन जिल्लासहित चितवन, सिन्धुली र डडेलधुराका १२ देखि १७ बर्ष उमेर समूहका किशोर किशोरीलाई खोप दिइने स्वास्थ्य सेवा विभागको भनाइ छ ।

हाल ५७ जिल्लाका १२ देखि १७ बर्ष उमेर समूहका किशोर किशोरीमा खोप अभियान सञ्चालन भइरहेको छ । नेपालले हालसम्म कोभ्याक्स कार्यक्रमअन्र्तगत ७० लाख बढी डोज खोप प्राप्त गरिसकेको छ । ६० लाख फाइजरको खोप खरिद गर्ने प्रकृया सुरु गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।