१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नक्कली बिल प्रयोग गरि राजस्व छली गरेको आरोपमा फर्म तथा कम्पनीविरुद्ध मुद्दा दायर


208
Shares

काठमाडौं, पुष ९ । राजस्व अनुसन्धान विभागले झुठा तथा नक्कली बिलबिजक प्रयोग गरी वस्तु तथा सेवा खरिद नै नगरी राजस्व छली गरेको आरोपमा केही फर्म तथा कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले २५ करोड बराबर राजस्व छली गरेको आरोपमा विभिन्न फर्म, कम्पनी तथा व्यक्तिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागका अनुसार लार्ज टे«ेडिङ प्राइभेट लिमिटेड र तुराहाले नक्कली बिल बिजक बनाइ २० करोड ५७ लाख बिगो र बिगोको शतप्रतिशत कायम र कैद सजायको मागदाबीसहित उच्च अदालत मुद्दा दायर गरेको हो ।

यस्तै पोखराबाट छिरिङ ढुन्डु गुरुङसँग बरामद गरेको २ करोड ३२ लाख अमेरिकी डलर अवैध रुपमा संचय तथा ओसार पसार गरेको आरोपमा जफत गरी विगोको तिन गुणा र कैद सजायको मागदाबी सहित पोखरा जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ ।

यता अर्काको फर्मको नक्कली बिजक छपाई भन्सार चोरी पैठारी गरेको कपडाजन्य मालवस्तु विक्रि गर्ने अमन मित्तल र सैपादिन मियालाई १ करोड ८९ लाख रकम बिगो र बिगोको शतप्रतिशत जरिवाना र कैद सजायको मागदाबी गर्दै उच्च अदालत नेपालगन्जमा मुद्धा दायर गरिएको विभागले जनाएको छ ।