१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


आर्मी ए डिभिजन लिग फुटबलको पुनः शीर्ष स्थानमा


0
Shares

काठमाडौं, माघ १९ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब पुनः शीर्ष स्थानमा पुग्न सफल भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ४/२ ले पराजित गर्दै आर्मी शीर्ष स्थानमा पुग्न सफल भएको हो ।

२/१ ले पछि परेको आर्मीले अन्तिम १३ मिनेटमा तीन गोल गर्दै नाटकीय जित हासिल गरेको हो ।

२० औं मिनेटमा बुद्ध तामाङ्गले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकामा ३४ औं मिनेटमा सुमन अर्यालले गोल गर्दै आर्मीलाई बराबरीमा ल्याए ।

५८ औं मिनेटमा मानबहादुर परियारले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । तर ७७ औं र ८५ औं मिनेटमा नवयुग श्रेष्ठले तथा ८९ औं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई जिताए ।

जितसंगै ए डिभिजन लिगको पहिलो उपाधि जित्ने लक्ष्यमा रहेको आर्मीको १० खेलबाट २३ अंक भएको छ । दोस्रो स्थानको मच्छिन्द्र क्लबको २२ अंक छ ।

१९ अंकसहित मनाङ्ग मस्र्याङ्दी क्लब तेस्रो, १७ अंकबाट थ्रीस्टार क्लब चौथो र १५ अंकसहित न्यूरोड टिम एनआरटी पाँचौं स्थानमा छ । गोल अन्तरमा पछि पर्दै संकटा क्लब छैटौं स्थानमा छ ।

संकटाले आइतबारै भएको खेलमा हिमालयन शेर्पा क्लबलाई १/० ले हरायो । दशरथ रंगशालामा भएको खेलमा अजयी मार्टिन्सले २१ औं मिनेटमा निर्णायक गोल गरे ।

आइतबारको हारले पुलिस १४ अंकसहित सातौं तथा हिमालयन ७ अंकसहित १२ औं स्थानमा यथावत् छ ।

सोमबार दुई खेल हुनेछन् । एन्फा कम्प्लेक्सको मैदानमा मध्यान्ह १२ बजे जावलाखेल युथ क्लबले ब्रिगेड ब्वाइज क्लब बीबीसीसंग तथा दिउँसो ३ बजे मनाङ्गले च्यासल युथ क्लबसंग खेल्नेछ ।