
हेटौंडा, पुष ९ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ ।
उहाँले नेपाली कांग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्नु भएको छ । योसँगै प्रदेश मन्त्रिपरिषद् १८ सदस्यीय भएको छ ।
दीपेन्द्र श्रेष्ठ संस्कृतिमन्त्री नियुक्त हुनु भएको छ । बलराम पौडेल भूमिव्यवस्था र मिलनबाबु श्रेष्ठ उद्योगमन्त्री बन्नु भएको छ ।
सन्तबहादुर प्रजा भौतिक पूर्वधार राज्यमन्त्री, रजनी अमात्य जोन्छे उद्योग र कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री नियुक्त हुनु भएको छ ।
सत्ता गठबन्धनमा भागबण्डा मिलाउन ७ वटा मन्त्रालय फुटाएर ११ वटा बनाइएको छ भने राज्यमन्त्री समेत थपेर १८ जना मन्त्री बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्