
काठमाडौं । राजधानीको त्रिचन्द्र क्याम्पसमा ड्रिंकिङ वाटर ट्रिटमेन्ट प्लान्ट सञ्चालन गरिएको छ । हेल्पिङ ह्याण्ड र हेस्रा नेपालको सहकार्यमा ट्रिटमेन्ट प्लान्ट सञ्चालन गरिएको हो ।
कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले क्याम्पसमा खानेपानीको अभाव भइरहेको अवस्थामा स्वच्छ पानीको व्यवस्था गरिनु महत्वपूर्ण काम भएको बताउनुभयो ।
उहाँले मिनरल वाटर र जारको पानीसमेत अहिले शुद्ध पाउन छाडेको भन्दै मापदण्डलाई परीक्षण गरेर क्याम्पसमा शुद्ध पिउने पानी व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।
हेल्पिङ ह्याण्डका संयोजक आरिफ अन्सारीले विद्यार्थीलाई शुद्ध पिउने पानीको व्यवस्था नहुँदा समस्या झेल्नुपरेको गुनासो बढेपछि ट्रिटमेण्ट प्लान्ट सञ्चालन गरेको बताउनुभयो ।
उहाँले दुर्गम जिल्लाका ८० भन्दा धेरै क्याम्पसहरुमा प्लान्ट स्थापना गरेको र काठमाडौंको बाल्मीकी क्याम्पस, पाटन संयुक्त क्याम्पस र महानगरीय प्रहरी कार्यालयमा प्लान्ट राख्ने योजना रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्