१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाँच महिनामा ३ अर्ब बढीको सुनचाँदी आयात, नक्कली गहना मात्र २ करोड रुपैयाँका


156
Shares

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा नेपालमा ३ अर्ब रुपैयाँभन्दा बढीको सुनचाँदी आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार १ अर्ब ८८ करोडको सुन र १ अर्ब २५ करोडको चाँदी गरी ३ अर्ब २३ करोडको सुनचाँदी आयात भएको हो ।

मंसिर मसान्तसम्ममा २३ करोड ३७ लाख बराबरको चाँदीमा प्रयोग हुने पाउडर मात्रै आयात भएको छ । उक्त पाउडर तथा चाँदी हङकङ, स्विट्जरल्यान्ड, इण्डोनेसिया, अमेरिका, टर्की, बहराइन, ग्रिसलगायतका देशहरूबाट आयात हुने गरेको विभागले जनाएको छ ।

यस्तै, पछिल्लो पाँच महिनामा ७ करोड ९५ लाख बराबरको काँचो सुन आयात भएको छ । यस अवधिमा १ अर्ब ८८ करोडको सुन आयात हुँदा ५ करोड ९४ लाख बराबरको सुनको गहना र २ करोड २१ लाख बराबरको बहुमूल्य धातु आयात भएको विभागको तत्थ्याङ्कमा उल्लेख छ ।

केन्या, जापान, मोरक्को, टर्की, अमेरिका, सिंगापुर, थाइल्याण्ड कतारलगायतका देशहरूबाट नेपालमा सुन आयात हुने गरेको छ । मंसिर मसान्तसम्ममा २ करोड ७ लाख बराबरको नक्कली गरगहना आयात भएको भन्सार विभागले जनाएको छ ।