
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आइतबारबाट सुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा लैजाने भएको छ ।
पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
शनिबार साँझ बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशन भन्ने र सोही अनुसार अघि बढ्ने निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताउनुभयो ।
माओवादीको केन्द्रीय कमिटी बैठक आइतबार विहान ८ बजे बस्दैछ ।
प्रतिक्रिया दिनुहोस्