७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सर्लाहीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते


117
Shares

काठमाडौं । सर्लाहीको इश्वरपुर नगरपालिका–१२ मा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

नम्बर खुल्न नसकेको सवारी साधनले ना ३४ प ७०२१ नम्बरको मोटरसाइकललाई गएराती १० बजे ठक्कर दिँदा मोटरसाइकलमा पछाडी सवार सर्लाहीकै लालबन्दी नगरपालिका–७ का ५७ वर्षीय भिम गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा जिल्ला अस्पतालमा गएरातीनै मृत्यु भएको हो ।

मोटरसाइकल चालक लालबन्दी नगरपालिका–३ का ४२ वर्षीय जितन चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकललाई ठक्कर दिए पश्चात सवारी साधन लिएर फरार भएका चालकको भने खोजी भइरहेको प्रहरी चौकी फुलजोरले जनाएको छ ।