१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुलुकमा प्रतिगमनको खतरा कायम : दुर्गा पौडेल


117
Shares

काठमाडौं, पुष ११ । राष्ट्रिय जनमोर्चाकि उपाध्यक्ष दुर्गा पौडेलले मुलुकमा प्रतिगमनको खतरा कायम रहेकाले पाँच दलिय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।

आइतबार नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले दुई पटक विघटन भएको प्रतिनिधि सभा अहिले पनि अवरुद्धको अवस्थामा रहेको भन्दै प्रतिगमनको खतरालाई सानो ठान्नु नहुने बताउनुभयो ।

उहाँले विगतमा प्रतिगमनका विरुद्धमा लडेका राजनीतिक दलहरु एक हुनुपर्ने आजको राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले प्रतिगमन विरोधी शक्तिहरु एकजुट भएर अगाडी जान नसकेमा देश फेरी प्रतिगमन तर्फ जाने र राजनीतिक दलहरुको भुल हुने बताउनुभयो । प्राप्त भएको राजनीतिक उपलब्धीलाई संरक्षण गर्नु दायित्व भएको उहाँको भनाई छ ।

उहाँले राष्ट्रियताको सम्बन्धमा सबै राजनीतिक दलहरु एक भएर जानुपर्ने बताउनुभयो । उपाध्यक्ष पौडेलले माओवादी केन्द्रले गठबन्धन कायम राख्ने सम्बन्धमा पनि महाधिवेशनबाट निर्णय लिनुपर्ने बताउनुभयो । उहाँले महाधिवेशनले एमसीसीलाई खारेज गर्न महाधिवेशनले निर्णय लिने पनि विश्वास व्यक्त गर्नुभयो ।