२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लुम्बिनीमा ऋषिनी प्रवज्या शुरू (तस्बिरहरु)


598
Shares

काठमाडौं, पुष ११ । गौतम बुद्धको जन्म भुमि लुम्बिनीमा ऋषिनी प्रवज्या शुरू भएको छ।

विश्व शान्ति विहार, काठमाडौं र राजकीय थाई विहार, लुम्बिनीको संयुक्त आयोजनामा भएको प्रवज्यामा ७२ जना महिला सहभागी छन् ।

थेरवाद बौद्ध परम्परा अनुसार सहभागी महिलाहरूलाई बौद्धको धर्म ज्ञान र विपश्यना ध्यान सिकाईने छ । विश्व शान्ति विहारका भिक्षु बोधिज्ञान महास्थविरले ध्यान र थाई बिहारका प्रमुख भिक्षु फ्रा श्रीवोधिविदेस सुफोटले धर्म देशना गर्ने जनाएको छ ।

गत वर्ष कोरोना महामारीका कारण हुन नसकेको ऋषिनी प्रवज्या यो वर्ष तेस्रोपटक भएको हो । ८ दिन हुने प्रवज्याले बुद्ध धर्मको प्रचार प्रसारमा सहयोग गर्ने जनाएको छ ।