
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा सोमबार बिहानदेखि बन्दसत्र सुरु भएको हो ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेस हुने माओवादीले जनाएको छ ।
माओवादीको बन्दसत्रमा कूल एक हजार ६ सय ३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् ।
माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्