
काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार बजारमा सुनको मूल्य ओरालो लागेको छ भने चाँदी चाहिँ उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २ सयले ओरालो लागेर ९३ हजार रुपैयाँमा कारोबार भएको छ ।
तेजावी सुन प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले उकालो लागेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्