१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


एसीसी यू–१९ एसिया कप क्रिकेट : कुवेतविरुद्ध ब्याटिङ गर्दै नेपाल


91
Shares

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुबईको आईसीसी एकेडेमीमा कुवेतविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्दैछ ।

कुवेतले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।

नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । कुवेतलाई हराएर नेपाल सान्त्वना जित निकाल्न चाहन्छ ।

समूह बी को नेपाल समूह चरणबाटै बाहिरिएको छ । तर, कुवेतलाई हराएर नेपाल प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।

पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको थियो। यस्तै दोस्रो खेलमा नेपाल टेस्ट राष्ट्र श्रीलंकासँग ६० रनले पराजित भएको थियो । नेपाल समूहको तेस्रो स्थानमा रहेको छ । कुवेत पुछारमा रहेको छ । दुवै टोलीले अंक जोड्न सकेको छैन ।

यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।