
सुर्खेत, पुष १३ । नेत्रविक्रम चन्द नेतृत्व (नेपाल कम्युनिष्ट पार्टी)का प्रवक्ता खड्कबहादुर विश्वकर्माले एमसीसी राष्ट्रघाती भएको बताउनुभएको छ ।
जनपत्रकार संगठनले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले शक्ति राष्ट्रको चेपुवामा पारेर नेपाललाई युद्धको भूमरीमा पार्ने सम्झौता कुनै पनि हालतमा पारित गर्न नहुने बताउनुभयो । एमसीसी राष्ट्रघाती भएको बताउँदै उहाँले एमसीसी लागु भए नेपालमा अमेरिकी हस्तक्षेप हुने बताउनुभयो ।
विद्यमान राज्य व्यवस्था, सत्ता र सञ्चालकका कारणले देश अस्तव्यस्त बनेको उहाँको आरोप छ । देशको उन्नति र प्रगतिका लागि व्यवस्था बदल्न जरुरी रहेको र त्यसको विकल्प जनमत संग्रह भएको प्रवत्ता प्रकाण्डको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्